सूचना बैँकको काम, कर्तव्य र अधिकार :
सूचना बैँकको काम कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :-
(क) नागरिकको सूचनाको हकलाई व्यवहारमा कार्यान्वयन गर्ने,
(ख) पत्रकारिताको विकास र क्षमता अभिवृद्धि गर्न सूचनाको पहुँच बढाउने,
(ग) सरकारी सूचना, तथ्य, तथ्याङ्क एवं अन्य जानकारीहरु एकद्धार प्रणालीबाट उपलव्ध गराउने,
(घ) सूचनाको पहुँचलाई प्रविधिमैत्री बनाई स्वत अद्यावधिक हुने गरी अटोमेसनमा लैजाने,
(ङ) प्रदेश सरकार र सरकारी निकायका सार्वजनिक सूचना, जानकारी, सेवा, दस्तावेजमा सहज पहुँच स्थापना गर्ने गरी सूचना पोर्टल तयार गर्ने र अध्यावधिक गर्ने,
(च) प्रदेश सरकारका महत्वपूर्ण बैठक, निर्णय र घटना आमसञ्चार माध्यमलाई उपलब्ध गराउनु सहजीकरण गर्ने,
(छ) बैंकले प्रवाह गर्नु पर्ने सम्पूर्ण सूचनाहरुलाई बिद्युतीय अभिलेखीकरण र भण्डारण गर्नुको साथसाथै नागरिकहरुको सो सूचनासम्म सहज पहुँचका लागि आवश्यक डाटावेस र वेवसाइट निर्माण गरी अध्यावधिक र चुस्त दुरुस्त राख्ने,
(ज) बैंकले सार्वजनिक महत्वका सूचनाहरुको बिषय, उपभोक्ता समूह, र प्रयोजनका आधारमा वर्गीकरण गर्ने गरी सूची निर्माण गर्ने र सूचनाको संकलन र भण्डारणमा सहजताका लागि ढाँचा निर्माण गर्ने,
(झ) बैंकका लागि आवश्यक सूचनाहरु बैंकले प्रदेशका मन्त्रालयहरु, बिभागहरु र त्यस अन्तर्गतका निकायहरुका वेवसाइटबाट वा वेबसाइटमा उपलब्ध नभएका वा अद्यावधिक नभएका सूचनाहरु सोझै सम्बन्धित कार्यालयबाट प्रयोजन खोलेर माग गरी प्राप्त गर्ने,
(ञ) प्रदेशका मन्त्रालयहरु, बिभागहरु र त्यस अन्तर्गतका निकायहरुले बैंकबाट माग भई आएका सूचनाहरु उपलब्ध गराउनेछन् तर उपलब्ध गराउन कानुनी रुपमा वा प्राविधिक रुपमा नमिल्ने भएमा सो को जानकारी दिनु पर्नेछ ।
(ट) सूचना प्राप्त गर्न बैंकले प्रदेश सूचना आयोगको सहयोग लिन सक्नेछ ।
(ठ) नीजि वा अर्धसरकारी वा गैरसरकारी क्षेत्रमा रहेका सार्वजनिक महत्वका सबै प्रकृतिका सूचनाहरु पनि बैंकले आफनो डाटावेसमा राख्न सक्नेछ ।