नेपालको संविधानले प्रत्याभूत गरेको बिचार र अभिव्यक्तिको स्वतन्त्रता तथा सञ्चार एवं सूचनाको हक संरक्षण, सम्बर्धन गर्नको लागि प्रदेश भित्रका बिभिन्न भाषा,साहित्य,कला र संस्कृतिको उत्थान तथा प्रबर्धनमा सहयोग पुरयाउन सञ्चार माध्यमको अनुमति,प्रकाशन,प्रसारण, सञ्चालन, नवीकरण र नियमनका लागि प्रदेश सञ्चालन माध्यम व्यवस्थापन ऐन २०७५ बमोजिम स्थापित कार्यालय हो ।