दोलखाका पत्रकारका लागि आपतकालीन झोला हस्तान्तरण

विपद तथा जोखिम पत्रकारिता सहयोग कार्यक्रम अन्तर्गत नेपाल पत्रकार महासंघ दोलखा शाखालाई सञ्चार रजिष्ट्रारको कार्यालयले दुई वटा आपतकालीन झोला पुस २७ गते हस्तान्तरण गरेको छ । यो झोलामा ल्यापटप,पावर बैंक, माइक्रोफोन, टर्च लाइट र मोबाइल ट्राइपोड रहेका छन् । विपदग्रस्त क्षेत्रमा रिपोर्टिङ गर्न चाहने पत्रकारले नेपाल पत्रकार महासंघबाट यो आपतकालीन झोला लिन पाउँछन् । बागमती प्रदेशका १३ वटै जिल्लामा आपतकालीन झोला वितरण गर्ने लक्ष्य छ ।